२०८१ श्रावण ७ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भै सकेको तर्क गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्म निरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भैसकेको बताएका छन् ।


हिन्दु परम्परा, गौरव र संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए । हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म,परम्परा,संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौ ।’


उनले धार्मिक संघसंस्थामा रहेका अगुवाहरुले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे । उनले भने, ‘धार्मिक संघसंस्थाहरुमा हिन्दु धर्मसंग सम्बन्धित अगुवाहरु र कति ठाउँमा गुरुहरुसमेत ठिकै छ धर्म निरपेक्ष भएर के छर, पूजाआजा गर्न पाएकै छौं, पुराण भन्न पाएकै छौं, मन्दिर जान पाएकै छौं, केही विग्रेको छैन् तपार्इंहरु गर्दै गर्नुहोस् भन्नेहरु पनि हुनुहुन्छ । म फेरी पनि भन्छु ढिलो हुने छ हामी सबैमा जागरण र चेतना आओस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।