२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । संघीय संसदमा केही समय यता जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका तीन शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन्। ।बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।


सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

Vivo Y28
Daraz


प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे शीर्ष नेतृत्वसँग सभामुख घिमिरेले संसद गतिरोध अन्त्यका लागि छलफल गर्न लागेका हुन्। ।

आइतबार राजनीतिक दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग भएको छलफलमा संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार नभएपछि सभामुख घिमिरेले आज पनि शीर्ष नेतृत्व तहमै छलफल गर्न लागेका हुन् ।


सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठकमा अवरोध गर्दै आएको छ ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरी संसदको गतिरोध फुकाउने प्रयत्न गरेका थिए । उनले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग पनि विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन् । तर, सबै प्रयास असफल भएपछि आजको संसद बैठक बस्नु भन्दा एक घण्टा अगावै घिमिरेले शीर्ष नेतृत्वको तहमै छलफल गर्न बैठक बोलाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।