२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

धनगढी । दार्चुलामा ६ किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

Vivo Y28
Daraz

उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।