
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो । तर सहमति जुट्न नसकेपछि संसद बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको नेकपा एमालेका प्रमख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच छलफल भए पनि सदन खुलाउने विषयमा सहमति हुन नसकेको हो ।