काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९६ दशमलव ०१ र निर्जीवन बीमा समूहको उपसूचक एक सय १२ दशमलव २५ अङ्कले घटेको छ । बैंकिङ १३ दशमलव २५, विकास बैंक ६६ दशमलव ६८, वित्त ४८ दशमलव ०१, होटल तथा पर्यटन ८४ दशमलव ३६ र जलविद्युत समूह ३८ दशमलव ५२ अङ्कले घटेको छ ।