२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रतिनिधिसभा उप–सभामुख इन्दिरा राना मगरले आफुलाई बोल्न नदिएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा २९ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप – चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन् । उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न पनि गरिन् ।


‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कति जना महिलाहरुले बोल्नुहुन्छ ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन त ? हिजो कति ५÷६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा मा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्न किन मिल्दैन मैले ? कि म पनि मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ ।’

Vivo Y28
Daraz


उप–सभामुख रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो कि भनेर संशय प्रकट गरिन । साथै उनले महिलाको आदर नभएको गुनासो मात्रै गरिनन् देशमा सुशासन भन्दा कुशासन बढी भएको दाबी गरिन । उनले भनिन्, ‘शुसासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म ।

जो महिला एउटा बच्चा जन्माएर त्यसलाई असल नागरिक बनाउन सक्षम श्रृजना गर्छिन त्यो महिलाको यहाँ आदर हुँदैन भने यहाँ कहाँ लोकतन्त्र छ ?’, उनले कृषि क्षेत्रमा युवाहरुलाई समेट्न नसकेकै कारण युवा पलायन बढेको पनि धारणा राखिन् । ‘कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन् ?,’ रानाले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।