२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको बताएका छन् । बुधबार काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत पार्ने खालको रहेको बताए ।
उनले भने ‘युवा बाहिरिएका छन् भन्ने कुरा सबै जानेको कुरा हो ।

उसै त छाती कमलो झनै घोप्यो झिरैले भने जस्तो । यसै त मर्माहात पार्ने खालको छ । रोजगारीका वातावरण सिर्जना गरेका छैनौं । ’ प्रवक्ता सापकोटाले विदेश पलायन रोक्ने भाषण धेरै भएको तर काम नभएको चर्चा गर्दै भने ‘यो देशलाई सकेसम्म मातृभुमिको दोहन गर्ने मान्छेहरु नै आज अन्त गएर यहाँ च्यालेन्ज गर्दै छन् । अन्त गएर यहाँ च्यालेन्ज गर्ने हैन् । काम गरेर देखाउने हो । ’ उनले युवा पलायन हुने विषयप्रति आफु गम्भीर भएको पनि बताए ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।