२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं। चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेर प्रर्दशन गरेको छ ।आइतबार डा. गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरु बन्द भएको भन्दै माइतीघरमा नर्सिङ कलेज सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले ¥याली निकालेका छन् ।


समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफ्नो माग सरकारले सम्बोधन नगरेको आन्दोलनमा उत्रिनु परेको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटाले बताए ।सरकारले नीति एउटा र नीतिको व्याख्या गलत रुपमा गरेकाले आफूहरु बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गर्नु परेको बताएका उनले सरकारको ऐन कानून देशी भन्दा विदेशी शिक्षण संस्थाको हितमा रहेको दाबी गरे ।

Vivo Y28
Daraz


उनले भने, ‘देशका नीति,नियम,ऐन,कानूनहरु एक किसिमले बनेका छन् तर,ति निती,नियम, ऐन र कानूनहरुलाए गलत किसिमले व्याख्या गर्दै शिक्षा क्षेत्रलाई नियोजन गर्ने शिक्षा क्षेत्रका कार्यरत विश्वविद्यालय,प्रतिष्ठान,शिक्षालय,निजी शिक्षालयहरु,शिक्षक कर्मचारीहरुको सबैको अहितमा हुनेगरी र विदेशी विश्वविद्यालय र शिक्षण संस्थाहरुलाई हित हुने गरी ऐनको कार्यान्वयन भैरहेको छ । त्यसको हामी विरुद्धमा छौं ।’


देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।उनीहरुले सिटिइभिटीको तत्काल पुनः संरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका कारण बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्र्नु पर्ने माग गरेका छन् ।


त्यस्तै कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी गर्न, छात्रवृत्तिमा विभेद बन्द गरी समानताका आधारमा अवसरको सुनिश्चितता गर्र्नुपर्ने खुला बजार अर्थनीतिअनुसार मूल्य निर्धारणको व्यवस्था गर्न, हरेक तहका लागि छुट्टै अस्पताल चाहिने कार्यविधि खारेज गर्नुपर्ने, विश्वविद्यालय, प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सिटिइभिटीको स्वायत्ततामाथि हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरुको माग छ ।


चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीअन्तर्गत सञ्चालित प्रि(डिप्लोमा) तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्सतर्फका ७३ वटा शैक्षिक संस्था बन्द भएको उनीहरुको भनाई छ। त्यस्तै विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन पढाइ हुने १० र बीएस्सी नर्सिङ पढाइने ८ गरी २२८ वटा शिक्षण संस्थाहरु बन्द भएका छन् । आज नर्सिङ कलेज सञ्चालकहरुले सबै शिक्षण संस्था बन्द गरेरै प्रदेशस्तर र जिल्लास्तरमा पनि ¥याली निकालेर विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।