
काठमाडौँ । एक चिया पसलमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले नगद ३४ हजार १ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।