२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जनकपुरकी २२ वर्षीया आरती साहलाई न्याय दिनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा पुगेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साहलाई न्याय दिनु पर्ने  भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको छ । मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जना पुरुष र २ जना महिलासहित २० जनालाई नियन्त्रणमा लिएको हो ।

Vivo Y28
Daraz

गत ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुन लाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आरती हत्याको आरोपमा, परेको जाहेरीको आधारमा श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकका मोतीबाबु साह र ससुरा मदन मोहन अहिले पुर्पक्षका लागि थुनामा छन्। बाबुछोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। हत्या आरोपमा आरतीको माइती पक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए।

आरतिको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन् ।

तर प्रहरीले आरतीका आफन्तलाई उनले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाब दिएको थियो ।

तर माइती पक्षले भने आरतीले आत्महत्या गरेको नभएर उनको घरमै हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्दा चलाउने अडान राखेपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानमा मृतकको पति र ससुराको मात्र संलग्नता देखिएको भन्दै दुवैविरुद्ध असार १  गते ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

दुई वर्ष अगाडि विवाह भएको आरतीलाई पटक पटक थप दाइजो माग्न उनको पति मोतीबाबु साहको परिवारले दबाव दिदै आएको र आरतीलाई दाइजोकै कारण हत्या गरेको आरतीको माइती पक्षको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।