काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आँशिक देखि सामान्य बदली रही आज सातै प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।
बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने प्रक्षेपण विभागको रहेको छ । भरे राती कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने अनुमान विभागको रहेको छ । साथै मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेको छ । आजबाट विस्तारै पानी कम पर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापन भएको छ ।