
सप्तरी । सप्तरीमा घुस सहित दुई जना कर्मचारी पक्राउ परेका छ्न । विष्णुपुर गाँउपालिकाबाट ५ लाख घुससहित दुई कर्मचारी पक्राउ परेका हुन ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई पक्राउ गरेको हो ।

वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन ।