२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ । थापाले आज (सोमबार) विश्वासको मत लिने कार्यसूची तय भएपछि पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं हिंडेकी हुन् ।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं हिंडेको जनाइएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको छ ।

Vivo Y28
Daraz


प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन् ।
त्यसपछि अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । उनीहरु मध्य एकले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन ।

त्यसलाई मध्यनजर गर्दै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निर्देशन दिएका छन् । दलको निर्देशन एमाले र राप्रपाकाकेही सांसदले बिदा लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।