
काठमाडौँ । एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छ्न । लामिछाने केही बेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका हुन ।
कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका छन ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप आज पाकिस्तान तर्फ जादै छन । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ ।
Pic : NPL