काठमाडौं । नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका हुन ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन् । आफू संग अङ्गरक्षक नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।
गुल्मपतिको खोजीका गर्न प्रहरी प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालित भएका छन् ।