
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार हुदै छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १० हजार पाँच सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।