२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले दुईवटा कलेजमा सिलबन्दी गरेको छ । अवैधरूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले पछिल्लोपटक वडा नं १६ स्थित अन्नपूर्ण कलेज र वडा नं ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको हो ।

अन्नपूर्ण कलेज श्रीमाइस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैधरूपमा सञ्चालित गरेकाले सिलबन्दी गरिएको महानगरपालिकाद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए ।

उनले कलेज सञ्चालनका लागि आवश्यक अनुमतिसमेत नलिएर अवैधरूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको बताए । जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ)को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्यद्वारमा सिलबन्दी गरेको संयोजक यादवले बताए ।

यस्तै युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।