काठमाडौं । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तान भारतसँग पराजित भएको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ ।
११० रनमा ६ विकेट गुमाएको पाकिस्तानले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाएको हो ।
यसअघि आइतबार कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो ।
आज पनि वर्षा का कारण खेल ढिला सुरु हुन पुग्यो भने बीच मा पानी परे पछी केही समय रोकिएको थियो ।