काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने,युरो को खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ शून्य पैसा रहेको छ ।