काठमाडौं । एसिया कपको फाइनल खेल भारत र श्रीलंका बीच हुने भएको छ । पाकिस्तान लाई हराउदै श्रीलंका फाइनलमा पुगेको हो । बिहीबार राति भएको सुपर–४ खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले पराजित गरेको हो ।
कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।
डीएलएस पद्धति अन्तर्गत श्रीलंकाले २५२ रनको लक्ष्य मात्र पाएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर जित निकालेको हो । श्रीलंकाले उपाधिका लागि आइतबार कोलम्बोमा भारतको सामना गर्नेछ ।