काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० कारोबार भाइरहेको छ । बिहीबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी सुन कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १ हजार ३९५ रुपैयामा कारोबार भाइरहेको छ । बिहीबार १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।