काठमाडौँ । आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार ९ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।