
विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन ।
आन्दोलनरत विद्यार्थीहरुका अनुसार मानविकी संकायको स्नातक तहका सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए ।

रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ । विद्यार्थीहरुले प्रदर्शन समेत गरेका छ्न ।