काभ्रेपलान्चोक। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकाले असोज ४ गते आज ‘थकान बिदा’ दिने निर्णय गरेको छ ।
बुधवार सूचना जारी गर्दै नवौँ संविधान दिवसको अवसरमा नगरपालिकाले नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि तीन दिनदेखि निरन्तर खटिएको र उक्त क्रममा नगरका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि थकित भएका कारण विदा दिइएको जनाएको छ । विदाको काराण बुधवार सबै निकायको सेवा बन्द हुने जनाएको हो ।