
वीरगञ्ज । गएराति बाराको भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कलैया-बिरगंज सडक खण्ड अन्तर्गत भलुही चोकमा प्रदेश २-०३ ०१७ प ९७५० नंबरको मोटरसाइकल दुर्घटना हुदा कलैया उपमहानगरपालिका वडा नं २३ का हिरा पटेलका छोरा श्रीभगवान पटेल को मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

“मृतक पटेलको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ । अनुसन्धान जारी छ ।” प्रवक्ता न्यौपानेले भने ।