
काठमाडौँ । दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् ।

एमाले ले शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।
देशभरका शिक्षकहरु दुई दिन देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । देशभरको पठनपाठन ठप्प भएको छ ।
बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताए