
काठमाडौं । शिक्षा विधेयक विरुद्ध काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनले सडक छेउमा रोपिएको दुबो र रुखबिरुवा नष्ट भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कवितामार्फत व्यङ्ग्य गरेका छन् ।
उनले फेसबुक मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेख्दै व्यङ्ग्य गरेका हुन् ।

बालेनले लेखेका छन्, “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।”