काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघसँग गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो ।
वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मासहित ती मन्त्रालयका सचिवहरू छन ।