
काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा आज तेस्रो दिन पनि पनि आन्दोलन सुरु भएको छ । आन्दोलनका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।
माइतीघर वानेश्वर सडक ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएपछि उपत्यकाको यातायात प्रभावित भएको छ । सडक नै ढाकेर आन्दोलन सुरु भएको पछी बानेश्वर – माइतीघर सडक खण्डमा यातायात ठप्प छ । भित्री सडक को यातायात पनि प्रभावित भएको छ ।

ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । आन्दोलन मा करिब १ लाख शिक्षक सहभागी भएको जनाइएको छ । देशभरका पठनपाठन ठप्प छन ।