
काठमाडौं। नेपाल क्रिकेट संघ-क्यानको निर्वाचन साधारण सभा आज हुँदै छ। बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ।
आज पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि मतदान हुने छ ।
