
काठमाडौँ । शिक्षा विधेयक विरुद्ध काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी सङ्गठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन ।
निषेधित क्षेत्र तोड्दै सिंहदरवार गेटभित्र प्रवेश गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरू सहभागी भएका थिए ।
शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरूले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन ।