
काठमाडौं । एसियन गेममा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदै छन ।
उनी आज १२:३० बजे चीन जान लागेका हुन्। लामिछाने केही बीअ अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

एसियन गेममा सहभागी हुन नेपाली क्रिकेट टोली आइतबार नै चीन प्रस्थान गरिसकेको छ। लामिछाने भने आइतबार नै आफूविरुद्धको मुद्दामा पेसी तोकिएकाले टिममा सहभागी बनेका थिएनन्।
उनी सोमबार जाने टिकट लिइएको थियो ।तर आफू मानसिक रुपमा खेल्न नसक्ने अवस्था मा रहेको भन्दै क्यन लाई जानकारी गराए पछि टिकट रद्द गरिएको थियो । सोमबार बेलुका क्यानका सचिव पारस खड्का संगको छलफल पछि आज चीन जाने तय भएको थियो ।