काठमाडौँ । आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ ।
विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि मौसम सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभागका महाशाखाका मौसमविद गोविन्द झाले बताए । उनले भने ‘मौसम बिस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि बिस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ’, ।
कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ । अन्य भेगमा सामान्यतया मौसम सफा छ । अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरे ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन।चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।