
इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा सम्पर्कविहीन भएका विपिन जोशीको खोजी कार्य तीव्र पारिएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन । विहिवार मात्रै २५४ जना नेपाली स्वदेश फर्किएका छ्न । थप २०० जनाले अनलाई निवेदन दिएका छन । बाँकी रहेका सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको दूतवासले जनाएको छ । आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन भने एक जना बेपत्ता भएका छन ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।