काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले युएई लाई ७ विकेटको जित हात हराएको हो ।
युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्यो। नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाएका थिए ।
टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।