
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ मत पाएका हुन ।

राप्रपाका एक सांसद आजको प्रदेशसभामा अनुपस्थित थिए । काँग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेश सभामा रहेका मध्येबाट दुई तिहाइ बढी मत प्राप्त गरेका हुन ।