काठमाडौँ । यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल र जापान बीच खेल हुने भएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा भोलि शनिबार सेमिफाइनल हुने छ ।
समूह ए मा अपराजित हुँदै सेमिफाइनल पुगेको नेपालले समूह डीको विजेताको रूपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।
यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समूह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस (डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समूह विजेता बनेको हो । यू-१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ ।