काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालय दुम्मानालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले अक्षयकोषका लागि संकलन गरिएको ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
उनले मन्त्रालयमा पद ग्रहण गरेपछि शुभेच्छुकहरुसँग खादा माला लगाइदिनुको सट्टा शिक्षाका लागि सहयोग गर्न अनुरोध गर्दै सहयोग पेटिका राखेका थिए ।
त्यसमा ६ लाख ४३४ रुपैयाँ संकलन भएको थियो । विद्यालयलाई अक्षयकोष स्थापनाका लागि उनले हस्तान्तरण गरेका छन् ।