
काठमाडौं । लतिलपुर महानगरमा नगर प्रहरीको भर्ना खुलेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न कात्तिक २४ गते सम्म आवेदन माग गरेको हो ।
महानगरले जारी गरेको सूचनामा २८ जना खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।

१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।