२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनकाे जलवीरे झरनामा पिकनिक मनाएर वीरगन्ज जादै गरेको गरेकाे बस शनिबार राती बाराको जीतपुर सिमरा उपमहानगर वडा नंबर २ स्थित सिमरा चोकमा दुर्घटना भएको थियो ।

ना ७ ख ४७४९ नंबरकाे बस शनिवार राती करिब ११ बजे अनियन्त्रित भई सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेकाे घरमा ठाेक्किएर दुर्घटना हुँदा ४० जना सामान्य र १० जना मध्यम घाइते भएका छन् । घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Vivo Y28
Daraz

दुर्घटनामा भारत मोतीहारी बस्ने मुकेश साहको मृत्यु भ​एको जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले जनाएको छ  । दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

घाइतेहरूको हाल सिमराकाे अस्पताल र वीरगन्ज स्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।