बारा । सोमबार बाराको कलैया उपमहानगरपालिका-६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सरार्फको गोली प्रहार गरी हत्या गरेको आरोपमा मुख्य योजनाकारसहित ६ जना पक्राउ परेका छन् । घटनाको मुख्य कारण प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
सरार्फको प्रेम सम्बन्ध विवाहेत्तर रहेको अनुसन्धानमा खुलेको प्रहरीको उच्च श्रोतले जनाएको छ । सर्राफको श्रीमती, २ छोरा छन् ।
पक्राउ पर्नेमा तीनजना भारतीय र तीनजना नेपाली रहेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए। उनीहरूले पहिलो प्रयासमा असफल भए पछी दोस्रो प्रयासमा स्वर्णकारको हत्या गर्न सफल भएको बयान दिएका छन् ।
सम्पुर्ण जानकारीको लागि प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।