विराटनगर । झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको थियो ।
ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।