२०८१ श्रावण १२ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नको आशंकामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धान अन्तिम चरणमा रहेको र पक्राउ परेका १० जना मध्ये संलग्नता पुष्टि भएकाहरूलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेकोे छ ।

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

सोमबार दिउँसो खाजा लिएर स्कुल फर्किने क्रममा दुईवटा मोटरसाइकलमा आएका ४ जनाको समूहले प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

प्रहरीको अनुसन्धानले  आफ्नै प्रेमिकाकाे अर्को ब्वाइफ्रेण्डबाट हत्या भ​एको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।