
काठमाडौं । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प मा परी १२८ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले दैनिकमाण्डु लाई पुष्टि गरेका छन् ।

उनका अनुसार भूकम्पमा परी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । हाल सम्म शुक्रबारको भुकम्पमा परी १२८ जनाले आफ्नो ज्यान गुमाएका छन् भने सयौंको संख्यामा घाइते भएका छन् ।
त्यस ठाउँका अस्पतालहरु भरीभराउ रहेको जिल्ला स्थित हाम्रा सम्बादाताले जानकारी दिएका छन् । यसै बीच भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल चिकित्सक को टोलि सहित पुगेका छन् ।