
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए । घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।