काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने आज निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए ।