काठमाडौं । आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थीर छ । आज ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।