
काठमाडौँ । कोशी प्रदेश सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन तत्कालका लागि फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए ।