हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।