काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ।
मेयर बालेन साहले आज फेसबुक मार्फत लेख्दै यस्तो जनाएका छ्न । उनले महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राखेर ब्यवस्थापन गरिने बताएका छ्न ।
उनले लेख्दै , ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन , बिरामी पर्दा उपचार पाउँदैनन । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’बताए
काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनले बताए ।